×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते (नामावली)

रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते (नामावली)

रुकुमपूर्व । रुकुम पश्‍चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको परिचय खुलेको छ ।

मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि।क।, २२ वर्षीया गोपाल ओली रहेका छन् ।

प्रहरी निरीक्षक बिष्णुप्रसाद ओलीले जानकारी दिए अनुसार, दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । एक जनाको भने सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेहरुको  परिचय खुलेको छैन । घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले  लगिँदैछ ।

प्रतिकृया दिनुहोस्