×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

स्वास्थ्य

नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु

नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु भएको छ । अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा.डा. राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । 

मेरुदण्डको हड्डी फुटेको, ढाडको हड्डी खिइएर कुच्चिएको तथा ढाडको नसा च्यापिएकोजस्ता समस्या समाधानका लागि अस्पतालले नयाँ प्रविधिबाट शल्यक्रिया सुरु गरेको हो । यसमा ढाडको छालामा सानो प्वाल पारेर एक्स–रेमार्फत् शल्यक्रिया गरिन्छ । 

यो प्रविधिअनुसार शल्यक्रिया गर्दा चिरफार गर्नु नपर्ने, समय कम लाग्ने, रगत निकै न्यूनमात्रामा बग्ने र भोलिपल्टैदेखि बिरामी हिँडडुल गर्न सक्ने डा। झाले बताए । यस्तै, चिरफार गर्दा बिरामी नियमित काममा फर्कन कम्तीमा ३ साता लाग्ने गरेकोमा मिनिमल इन्भेजिभ स्पाइन सर्जरी गर्दा बिरामी १०–१२ दिनमै नियमित काममा फर्कन सक्ने उनको भनाइ छ । 

मेरुदण्डको समस्या औषधि खाँदा पनि कम नहुने र प्यारालाइसिस हुन थाल्यो भने यो विधिबाट शल्यक्रिया गर्न सकिने डा. झाले बताए ।  ‘यो नयाँ प्रविधिबाट शल्यक्रिया गर्दा संक्रमण पनि हुँदैन र अस्पताल पनि दुई दिनभन्दा बढी बस्नु पर्दैन,’ डा. झाले भने । 

प्रतिकृया दिनुहोस्