×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधिसभामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग

प्रतिनिधिसभामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग भएको छ । आजको बैठकमा आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् ।

सांसद सिंहले मन्त्रालयको सचिवमा डा. संगिता मिश्रलाई मधेसी भएकै कारण सिनियर भएर पनि बढुवा नगरेको आरोप लगाउँदै मन्त्री पौडेलको राजीनामा मागेका हुन् । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले डा विकास देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । 

प्रतिकृया दिनुहोस्