काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा एक सय रुपैयाँमा बढेर प्रतितोला एक लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।