×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

देशको जिम्मेवारी लिनुपर्ने भएकाले कांग्रेसले अहिले ०८४ को चर्चा गर्न पाउँदैन : गगन थापा

देशको जिम्मेवारी लिनुपर्ने भएकाले कांग्रेसले अहिले ०८४ को चर्चा गर्न पाउँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देशको जिम्मेवारी लिनुपर्ने भएकाले अहिले नै २०८४ सालको चर्चा गर्ने सुविधा कांग्रेसलाई नभएको बताएका छन् ।

पाल्पाको पूर्वखोलामा बुधबार आयोजित कार्यक्रममा महामन्त्री थापाले अन्य दलले २०८४ पछि देश बनाउने भनिरहेको बताए । कांग्रेसले अहिलेको जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

‘अनि ८१/८२/८३ मा देश नबनाएर के गरेर बस्ने त अब रु संविधान बनाउनु पनि छैन । प्रजातान्त्रिक व्यवस्था पुर्नस्थापना गर्नु पनि छैन,’ थापाले भने, ‘कुनै आन्दोलन गर्नु पनि छैन । यो तीन वर्षको समय भनेको कम समय हो ?’

बीपी कोइरालाले १८ महिना मात्रै सरकार चलाउन पाएको स्मरण गरे । अबको चुनावमा जाँदा जितेका स्थानमा घोषणापत्र लिएर नगई यो यो काम गरेँ भनेर जानुपर्ने बताए ।

आम नागरिकले विकास भएको भनेपनि अपेक्षित नभएको बताइरहेको तर केहीले भने ‘केही पनि भएको छैन’ भनि रुवाबासी सुरु गरेको बताए ।

शिक्षा र स्वास्थ्यमा सरकारको जिम्मेवारी हुनुपर्ने र अन्य क्षेत्रमा निजी क्षेत्रमा काम गर्ने वातावरण बनाइदिनुपर्ने थापाले बताए ।

प्रतिकृया दिनुहोस्