×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बागमती प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

बागमती प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

मकवानपुर । बागमती प्रदेश सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार चैत २० गते राती ११:५९ बजेबाट संसद्को अधिवेशन अन्त्य गर्नेगरी प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष सिफारिस गरिएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम संसद्को अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको उनले बताए ।

प्रदेशसभाको बैठक चल्न सक्ने अवस्था नरहेकाले अधिवेशन अन्त्यको निर्णयमा पुगेको उनले बताए । संसद् बैठक सञ्चालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछि संसद् प्रभावित भएको थियो । 

दलगत रुपमा उठेका मुद्दालाई समेट्ने सरकारको प्रतिवद्ध रहे पनि प्रतिपक्षी दलबाट सकारात्मक पहल नहुँदा समस्या भएको उनले बताए ।
 

प्रतिकृया दिनुहोस्