×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्धको मुद्दा दर्ता

लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्धको मुद्दा दर्ता

काठमाडौँ । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयविरुद्ध परेको रिट निवेदन दर्ता भएको छ । 

सर्वोच्च प्रशासनले यसअघि गरेको दरपिठ आदेशलाई इजलासले बदर गरिदिएपछि बिहीबार रिट निवेदन दर्ता भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । 

‘कोशीका पूर्व मन्त्रीलाई  मानव तस्करी मुद्दामा उन्मुक्ति प्रदान गरेकोमा सो विरुद्धको मेरो रिटलाई दरपिठ गरिएकोमा सो दरपिठ आदेशलाई बदर गर्न मैले सर्वोच्च अदालतमा निवेदन पेस गरेको निवेदन अहिले दर्ता भएको छ’, उनले भने । 

रिटको  सुनुवाइ आगामी  मङ्सिर २३ गते आइतबार हुने उनको भनाइ छ । 

प्रतिकृया दिनुहोस्