काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला दुई लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।