×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

बाढीमा डुबेर र करेन्ट लागेर रौतहटमा तिन जनाको मृत्यु

बाढीमा डुबेर र करेन्ट लागेर रौतहटमा तिन जनाको मृत्यु

काठमाडौं । नदीमा आएको बाढीमा डुबेर र करेन्ट लागेर रौतहटमा तिन जनाको ज्यान गएको छ । रौतहटको दुर्गाभगवती गाँउपालिकामा एक पुरुषको मृत्यु भएको छ भने परोहा नगरपालिकामा एक बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए ।

उनका अनुसार  दुर्गाभगवती गाँउपालिका ४ का ३५ वर्षीय बच्चा भन्ने राजकुमार मुखियाको मृत्यु भएको छ भने बाढीको पानीमा माछा मार्ने क्रममा चिप्लिएर लडेका उनको डुबेर मृत्यु भएको छ ।

परोहा नगरपालिकाको नरकटियामा घाँस काटन गएकी १४ वर्षीया आशा कुमारी साहको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै हान कलको पानी खाने क्रममा बौधिमाई-२ मा करेन्ट लाग्दा एक १४ वर्षीय बालक रामबाबु महतोको पनि मृत्यु भएको छ ।

उनलाई विद्युतीय मोटर जडान गरिएको कलको पानी खाने क्रममा करेन्ट लागेको थियो ।

बाढीका कारण रौतहटमा घर भत्कीदा चार जना घाइते भएका छन भने मौलापुरमा चट्याङ्ग लाग्दा दुई जना घाइते भएको उपरीक्षक घिमिरेले बताए।

रौतहटमा बाढीको पानी घटने क्रममा रहेको छ ।

प्रतिकृया दिनुहोस्