×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

गभर्नर नियुक्त गर्न मन्त्रिपरिषद् बैठक सुरु

गभर्नर नियुक्त गर्न मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको हो ।

बैठकले राष्ट्र बैंकका अठारौं गभर्नर नियुक्त गर्नेछ । मन्त्रीपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले अर्थशास्त्री प्रा.डा. विश्वनाथ पौडेलसहित तीन जनालाई गभर्नरका लागि सिफारिस गरेको थियो ।

पौडेलको नाम एक नम्बरमा भएको र उनको नाममा सत्ता साझेदार कांग्रेस र एमालेबीच पनि सहमति भइसकेको छ । सिफारिस समितिले पौडेलसँगै डेपुटी गभर्नर निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराईको नाम गभर्नरका लागि सिफारिस गरेको छ ।

प्रतिकृया दिनुहोस्