×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । जनकपुरमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने वर्ष ६० का सत्यनारायण साह छन् ।

आज बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।

ट्रक चालक धनुषाको मिथिला नगरपालिका ११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्