×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

भीमफेदीमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी

भीमफेदीमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी

काठमाडौँ । भीमफेदी गाउँपालिका वडा नम्बर १ रातोमाटेस्थित त्रिभुवन राजपथ सडक खण्डमा ग्यास बुलेट दुर्घटना भएको छ । दुर्घटनापछि उक्त सडक खण्ड एकतर्फी मात्रै सञ्चालन भएको प्रहरीले जनाएको छ ।

हेटौँडा बजारबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ईन्डियन ग्यास लोड बुलेट गाडी दुर्घटना आइतबार राति करिब ९ बजेतिर दुर्घटना भएको हो । 

ग्यास बुलेट पल्टिएको रोडको भित्ताको साइडबाट ट्रयाक खोलेर हाललाई अस्थायी रूपमा साना सवारी साधनलाई एकतर्फी बाटो खोलिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति भने नभएको उनको भनाइ छ । 

प्रवक्ता अर्यालले चालकले बाटो बिराउँदा गलत बाटो गएको र साँघुरो बाटो र अप्ठ्यारो भूगोलका कारण बुलेट दुर्घटना भएको हुनसक्ने बताए । उनले पल्टिएको ग्यास बुलेट उठाउन अझै केही लाग्ने र उक्त अवधिमा हेटौँडाबाट उक्त सडक खण्ड हुँदै काठमाडौँ जाने सवारी साधनहरूलाई कान्तिलोक पथ वा चितवनतर्फको बाटो प्रयोग उनले आग्रह गरे ।

प्रहरी प्रवक्ता अर्यालले ग्यास बुलेटबाट ग्यास लिक नभएको र लिक हुने सम्भावना नरहेको बुझिएको बताए ।  

प्रतिकृया दिनुहोस्