काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ११ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।