×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन २ साता लाग्ने

राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन २ साता लाग्ने

काठमाडौं । राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने भएको छ । राहदानी विभागले सूचना जारी गर्दै सेवा पूर्णरुपमा सञ्चालनमा ल्याउन एक-दुई साता लाग्ने अनुमान गरिएको बताएको हो ।

राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही ककप्युटरमा भाइरस प्रवेश गरेको निष्कर्ष निकाल्दै विभागले त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ ।

राहदानी विभागबाट आंशिक रुपमा भने सेवा प्रारम्भ गरिएको विभागले जनाएको छ । विभागका अनुसा एक-दुई दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ्ग खुला गरिनेछ ।

भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको विभागको भनाइ छ ।

राहदानी सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । आइतबार मात्रै सेवा बन्द भएपछि विभागमा सेवाग्राहीले नाराबाजी गरेका थिए ।

प्रतिकृया दिनुहोस्