×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सेयर बजारमा झिनो अंकले सुधार

सेयर बजारमा झिनो अंकले सुधार

काठमाडौं । अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार झिनो अंकले सुधार देखिएको छ । नेप्से परिसूचक २.५७ अंक बढेको हो । सो वृद्धिपछि २७३६ अंकमा कायम भएको छ । दिनभर बजार सामान्य उतारचढावमा सीमित रह्यो ।

आज कारोबार रकम उच्च दरले घटेको छ । अघिल्लो दिन ६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब २९ करोडको भयो । १२७ कम्पनीको मूल्य बढ्दा १३४ को घट्यो भने १० को स्थिर रह्यो ।

सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०७ अंक मात्रै बढ्यो । विकास बैंक ०.२१, फाइनान्स ०.०८, होटल तथा पर्यटन ०.५४, जलविद्युत् ०.६५, उत्पादन तथा प्रशोधन ०.१८ प्रतिशत बढे ।

लगानी ०.०८, जीवन बीमा ०.३२, निर्जीवन बीमा ०.२४, अन्य ०.०३ तथा व्यापार ०.४३ प्रतिशत घटे । माइक्रोफाइनान्स समूह ०.४४ अंक घट्यो ।

तीन नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स, कालिन्चोक हाइड्रोपावर र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यी तीनै कम्पनी हालै बजारमा सूचीकृत भएका नयाँ कम्पनी हुन् ।

त्यस्तै सप्तकोशी विकास बैंकको १०.८७, बुंगल हाइड्रोपावरको ६.८० ६.१७ प्रतिशत मूल्य बढ्यो । उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.७१ प्रतिशत घट्यो । अपर लोहोरेखोलाको ६.७५ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएकामा कम्पनीमा आँखुखोला जलविद्युत्, सप्तकोशी विकास बैंक, सिटी होटल, अपर हेवाखोला र सेन्ट्रल फाइनान्स क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्