काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा जुटेका छन् । रास्वपाले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीहरूको छलफल भइरहेको हो ।
‘परराष्ट्रमन्त्रीलाई बोल्न दिने वा नदिने, संसद् चल्न दिने वा नदिने भन्नेबारे साझा धारणा बनाउन छलफल भइरहेको छ,’ एक नेताले भने ।
विपक्षीहरूको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरू छन् ।