×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । बुटवलको सुप्रिम बचत तथा सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज प्रक्रिया पूरा गर्नका लागि रुपन्देहीस्थित जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको हो । 

आज कार्यालय खुलेपछि प्रक्रिया पुराएर कारागार लैजाने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रवार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।
 

प्रतिकृया दिनुहोस्