काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ मन्त्री भएपछि पहिलो पटक संसदीय समिति बैठकमा सहभागी भएका छन्। सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्री घिसिङ सहभागी भएका हुन्।
बैठक उनी चालू आर्थिक वर्षको मन्त्रालयगत बजेट कार्यान्वयन प्रगति, भारतसँगको हालसालै भएको विद्युत् खरिद बिक्री सम्झौता,सरकारले गरेको खर्च कटौतीको कारण र मन्त्रालयहरूको कार्यसम्पादनका विषयमा जवाफ दिन उपस्थित भएका हुन्।
त्यस्तै मन्त्री घिसिङ सङ्घीय संसद् भवन निर्माणको प्रगति, सुनकोसी मरिन डाइभर्सन र रानी जमरा सिँचाइ आयोजनाका विषयमा छलफलका लागि सहभागी भएका हुन्।