×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जेनजी फ्रन्टले गठन गर्‍यो १३ सदस्यीय सल्लाहकार परिषद्

जेनजी फ्रन्टले गठन गर्‍यो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । नेपाल जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ । फ्रन्टका यस्ता कार्यलाई अझ सुदृढ, सार्थक र प्रभावकारी बनाउनका लागि हामीले विभिन्न क्षेत्रमा रहेका अग्रगामी परिवर्तनकारी अग्रजहरूलाई समेटेर एक सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको हो ।

परिषद्मा डा. रामजी राम, साधना राई, डा. मीना पौडेल, रमेश पौड्याल, प्रमेश श्रेष्ठ, आशुतोष तिवारी, मिलन पाण्डे, दिव्येश गिरि,सस्मित पोखरेल,सरोज गौतम, प्रगति राई, नवीन प्राचीन र अनन्त अर्याल गरी १३ जना छन् ।

‘जेन-जी विद्रोहपछिको यस सङ्क्रमणकालीन समयबाट लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले सफल अवतरण गराउने माध्यम भनेको नेपाल सरकार र जेन-जीका बीचमा भएको सम्झौताको पूर्ण कार्यान्वयन र आसन्न प्रतिनिधि सभाको चुनाव समयमा गराउने नै हो’ फ्रन्टले भनेको छ ।

अहिलेको अन्तरिम नागरिक सरकार र आगामी प्रतिनिधि सभाको चुनावमार्फत चुनिएर आउने प्रतिनिधिहरू एवम् जननिर्वाचित संसद्बाट निर्माण हुने नयाँ सरकारले समेत जेन-जी विद्रोहको मर्म आत्मसात् गरून् भन्ने हेतुले फ्रन्टले विभिन्न बहुपक्षीय सरोकारवाला संवाद र जनजागरण सभाजस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस्