×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थल बन्द

प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थल बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिने भएको छ ।

प्रधानमन्त्री ओली आज बिहान ११ बजे निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज लिएर चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री चढेको जहाज उड्नुअघि २५ मिनेट र उडिसकेपछि ५ मिनेट गरी आधा घण्टा त्रिभुवन विमानस्थलमा अन्य जहाजका उडान-अवतरण नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

‘राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक विदेश भ्रमणको उडान हुने बेला सुरक्षाका दृष्टिकोणले विमानस्थलमा अन्य उडान वा अवतरण गर्न नदिइने अन्तर्राष्ट्रिय अभ्यास हो’,  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘प्रधानमन्त्रीज्यूको जहाज उड्नुअघि २५ मिनेट र उडेपछि ५ मिनेट अरू जहाज रोकिन्छन् । यो सामान्य प्रक्रिया हो ।’

यसका लागि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नोटिस फर एयरमेन (नोटाम) जारी गरिसकिएको उनले जानकारी दिए ।

नोटाम अनुसार अहिले बिहान १०:३५ बजेबाट ११:०५ बजेसम्म अरू वायुसेवा कुनैको पनि उडान(अवतरण हुँदैन । प्रधानमन्त्री ओलीको जहाज ११ बजे उडेको ५ मिनेटपछि मात्र अन्य वायुसेवाको नियमित उडान हुनेछ ।

नोटाम अनुसार सबै वायुसेवाले आफ्ना उडान तालिका मिलाइसकेको भुलले जानकारी दिए । ‘धेरै उडान प्रभावित हुँदैनन्, सामान्य हुने हो’, भुलले भने, ‘यात्रुहरूलाई नाव्टाम अनुसार वायुसेवा कम्पनीहरूले खबर गरिसकेका छन् ।’
 

प्रतिकृया दिनुहोस्