काठमाडौँ । नेपाल प्रहरीको जनपद समूह र प्राविधिक तर्फका १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची प्रकाशन गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार उक्त नामावली सार्वजनिक गरिएको हो।
जनपद समूहतर्फ १ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ बजेट शाखामा कार्यरत ध्रुव कुमार श्रेष्ठलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
स्वास्थ्य उप-समूह (चिकित्सक) तर्फ ९ जनालाई डिएसपीहरूलाई सिफारिस गरिएको छ । जसमा डा. शोभा वाग्ले, डा. सरोज सिंह, डा. विकल श्रेष्ठ, डा. बोध बिक्रम कार्की, डा. निर्मल घिमिरे, डा. नमन लामिछाने, डा. दिपा चुडाल, डा. सुवास थापा र डा. भवानी गुरुङ रहेका छन् ।
ईन्जिनियरिङ्ग उप-समूहको कम्प्युटरतर्फ ३ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । जसमा ई राम कुमार बस्नेत, सुनिल कुमार वरनवाल राइजन् महर्जन छन् । 

