×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सर्वोच्च अदालत आज र भोलि आंशिक खुला रहने

सर्वोच्च अदालत आज र भोलि आंशिक खुला रहने

काठमाडौँ । सर्वोच्च अदालतमा आज र भोलि दुई दिन आंशिक रूपमा खुला रहने भएको छ ।

सर्वोच्च प्रशासनका अनुसार लगातार चार दिन सार्वजनिक बिदा भएपछि अदालतले बन्दीप्रत्यक्षीकरण रिट दर्ता र सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला गर्ने भएको हो । 

आज बकर इद, भोलि गणतन्त्र दिवस र त्यसपछि शनिबार र आइतबार परेकोले लगातार चार दिन सार्वजनिक बिदा परेको हो । 

प्रतिकृया दिनुहोस्