×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । शुक्रबार रवि पत्नी निकिता पौडेल आफैं पुगेर रिट दर्ता गरेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

गत चैत २२ गते न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो । उक्त आदेशविरुद्ध रास्वपा सर्वोच्च पुगेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

प्रतिकृया दिनुहोस्