×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

खेलकुद

एनपीएलमा आज काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै

एनपीएलमा आज काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै

काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा काठमान्डु गोर्खाजले अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सको सामना गर्दैछ ।

लुम्बिनी ७ अंकका साथ शीर्ष स्थानमा छ भने काठमान्डु ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।

लुम्बिनी अपराजित छ । ४ खेलमा ३ मा विजयी भएको छ भने एक खेल रद्द हुँदा अंक बाँडेको छ । काठमान्डुले ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा पराजित भएको छ ।
 

प्रतिकृया दिनुहोस्