×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन : प्रभु साह

ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन : प्रभु साह

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ठूला दलका ठूला नेतालाई बलपूर्वक विदाइ नगरेसम्म देश नबन्ने बताएका छन्।

सिण्डिकेटधारी दल र तिनका नाइकेहरूलाई राजनीतिबाट बलपूर्वक विदाइ नगरेसम्म देश र जनताको भलाई नहुने उनको टिप्पणी छ।

सिंहदरबार, रामशाहपथ, बहादुरभवनलगायतमा अझै पनि तीन दलको छायाँ र विषादी रहेकाले देशले अग्रगमनको बाटो समाउन कठिन भइराखेको उनको भनाइ छ।

रौतहटको चन्द्रपुर नगरपालिकाको चेतनगर बजारमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन्।दअहिले देश विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशभक्त हरेक नेपालीले चनाखो हुनुपर्ने बेला आएको बताए।

प्रतिकृया दिनुहोस्