×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ ।

सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ । शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।

वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर आन्दोलन गरिरहेका छन् ।

यसअघि मुख्य लेनमा मात्रै प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।

प्रतिकृया दिनुहोस्