काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले डेटिकेटड तथा ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोडिदिने निर्णय गरेको छ ।
मंगलवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको एक सदस्यले जानकारी दिए ।
यसअघि प्राधिकरणले गत ८ कात्तिकमा बक्यौता विवाद रहेका सबै उद्योगको लाइन काटिदिएको थियो । आइतवारको मन्त्रिपरिषद् बैठकले टीओडी डाटा तथा तत्काल प्रचलित कानूनबमोजिम १५ दिनभित्र यो विवादको बक्यौता अशुली गर्ने निर्णय पनि गरेको थियो ।
डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको उद्योगहरुको लाइन जोड्न निर्देशन दिने निर्णय आइतवारको मन्त्रिपरिषद्ले गरेकोमा त्यसको कार्यान्वयनको निर्णय बोर्ड बैठकले गरेको छ ।