×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पत्रकार दिलभूषण पाठक जिल्ला अदालत उपस्थित

पत्रकार दिलभूषण पाठक जिल्ला अदालत उपस्थित

काठमाडौं । पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएकाले पाठक जिल्ला अदालत उपस्थित भएका हुन् । अब उनीविरुद्ध थुनछेक बहस हुनेछ ।

युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नगरी प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।

प्रतिकृया दिनुहोस्