×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बैठकस्थलमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य थापाको मृत्यु

बैठकस्थलमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य थापाको मृत्यु

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए । उनको शव मणिपाल अस्पतालमा राखिएको छ । 

जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको बताइएको छ। 

 गत फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनलाई कास्की– २ को उम्मेदवार बनाइएकोमा विरोध भएपछि टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो । 

प्रतिकृया दिनुहोस्