×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

अवैध लागु औषधसहित ४ जना पक्राउ

अवैध लागु औषधसहित ४ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई  पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–२ विजयनगर बस्ने वर्ष २३ को मखन चौधरीलाई शङ्का लागि चेकजाँच गर्दा गोजीमा लुकाई(छिपाई राखेको शुद्ध तौल ५० मिलिग्राम लागु औषध (खैरो हेरोइन) र निजको घरमा गई चेकजाँच गर्दा ४३ ग्राम लागु औषध पक्राउ गरेको हो । 

त्यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिगएको प्रहरी टोलीले  कैलालीको गोदावरी नगरपालिका बस्ने वर्ष २१ का नीराजन शाहको साथबाट १ ग्राम २३० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ । 

यता धनगढीबाट बैतडी जान लागेका डोटीका अन्दाजी २४ वर्षीय दीपक विष्ट र  गोबिन्द विष्टलाई अस्थायी प्रहरी पोस्ट खानिडाडाबाट खटिगएको प्रहरी टोलीले चेकजाँच गर्दा  ४७ ग्राम ७० मिलिग्राम लागु औषध फेला परेपछि उनीहरूलाई पनि नियन्त्रणमा लिइएको छ । 

प्रतिकृया दिनुहोस्