×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दुई महिला सहसचिव सचिवमा बढुवा

दुई महिला सहसचिव सचिवमा बढुवा

काठमाडौं । नेपाल सरकारका दुई महिला सहसचिव एकसाथ सचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार विहान बसेको न्याय सेवा आयोगको बैठकले कानून समूहका दुई सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईलाई सचिवमा बढुवा सिफारिस गरेको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा सहसचिव रहेकी निर्मला बढुवापछि पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमै रहनेछिन् । उनी बढुवाको सिफारिस हुनुअघि कामूको जिम्मेवारीमा थिइन् ।

निर्वाचन आयोगमा दरबन्दी रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कार्यरत सहसचिव इन्दिरा नेपाल कानून आयोगमा सिफारिस भएकी हुन् ।
 

प्रतिकृया दिनुहोस्