×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नेपाल-भारत संयुक्त सैन्य अभ्यास सकियो

नेपाल-भारत संयुक्त सैन्य अभ्यास सकियो

काठमाडौं । रुपन्देहीको सालझण्डीमा भएको नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १८औं संस्करण सकिएको छ । रुपन्देहीको नेपाली सैनिक ब्याटल स्कुलमा १५ पुसदेखि सुरु भएको अभ्यासको सेनाका बलाध्यक्ष रथी प्रदीपजंग केसीले एक समारोहबीच समापन गरेका छन् ।

समापन समारोहमा बोल्दै केसीले संयुक्त अभ्यासमा सहभागी फौजलाई सफलतापूर्वक अभ्यास सम्पन्न गरेकोमा बधाई दिँदै अभ्यासका क्रममा दुवै देशका सैनिकहरुले प्रदर्शन गरेको व्यावसायिक दक्षता, उच्चस्तरको समर्पण र सामूहिक लगावको प्रशंसा गरे ।

समापन समारोहमा भारतीय सेनाको अभ्यास अब्जर्भर ग्रुपका तर्फबाट व्रिगेडियर जनरल गोविन्दन प्रविणले समेत मन्तव्य राखेका थिए ।

विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयमा अभ्यास गरिएको थियो । यसमा नेपाली सेनाबाट सेनानी निराजन कटवाल र भारतीय सेनाबाट कर्णेल जपेन्दरपाल सिंहको नेतृत्वमा ६६८ जना सैनिक सहभागी थिए ।

नेपाल र भारतका सैनिकबीच २०६७ सालदेखि निरन्तर एकअर्काको मुलुकमा संयुक्त सैन्य अभ्यास हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्