×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सत्तारुढ गठबन्धनमा कुनै समस्या छैन, सरकार टिक्छ : शेरबहादुर देउवा

सत्तारुढ गठबन्धनमा कुनै समस्या छैन, सरकार टिक्छ : शेरबहादुर देउवा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका छन् । शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले यस्तो बताएका हुन् ।

‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन,’ देउवाले भने । उनले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको पनि बताए ।
‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो थाहा छैन मलाई,’ देउवाले भने ।

प्रतिकृया दिनुहोस्