×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कोटेश्वर अन्डरपास वि.सं.२०९० मा बनिसक्ने

कोटेश्वर अन्डरपास वि.सं.२०९० मा बनिसक्ने

काठमाडौं । कोटेश्वर अन्डरपास वि.सं.२०९० मा बनिसक्ने भएको छ । सरकारले तयार गरेको समय तालिका अनुसार उक्त संरचना २०९० भदौ १५ गतेमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

जापान सरकारको झन्डै ३० अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको लागि यही सेप्टेम्बरमा ऋण सम्झौता हुनेछ । आगामी वर्ष चैतसम्ममा डीपीआर तथा ईआईएको लागि परामर्शदाता कम्पनीसँग सम्झौता गर्ने र एक वर्षभित्र त्यसको प्रक्रिया टुङ्ग्याउने कार्यतालिका छ । 

उक्त परियोजनाका लागि त्यसपछि निर्माण कम्पनी छनोटको ठेक्का प्रक्रिया सुरु हुनेछ । २०२८ अप्रिलमा ठेक्का सम्झौता गर्ने र त्यसको ५२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

यस अनुसार तीनकुनेदेखि त्रिभुवन विमानस्थलसम्म ६६४ मिटरको फ्लाइओभर बन्नेछ । विमानस्थलभित्र ७०० मिटरको सुरुङ तथा त्रिभुवन विमानस्थलदेखि जडिबुटी हुँदै मनोहरासम्म २३८ मिटरको अर्को फ्लाइओभर बन्नेछ । 

अहिले उक्त परियोजनाका लागि जापानी सहयोग नियोग जाइकाले परामर्शदाता छनोट गरी प्रारम्भिक सर्वेक्षण रिपोर्ट तयार गरेको सडक विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्