×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

२१.६२ अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको कारोबार

२१.६२ अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको कारोबार

काठमाडौँ । मंगलबार नेप्से २१.६२ अंकले बढेको छ । २१.६२ अंकले बढेर नेप्से २६३८.६० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२८ कम्पनिका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६१३ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.३१ प्रतिशतले बढेको छ । त्यसैगरी आज एसबीआई बैंकको सेयर ३.५८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३७ करोड ७२ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको २४ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्