×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

५.५४ अंकले घट्यो सेयर बजार

५.५४ अंकले घट्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५.५४ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६३५ अंकमा कायम भएको छ ।

परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भयो ।

७५ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह सबैभन्दा धेरै १.१६ प्रतिशत घट्यो ।

विकास बैंक ०.०२, होटल तथा पर्यटन ०.१० प्रतिशत बढे । त्यस्तै बैंकिङ ०.२५, फाइनान्स ०.५३, हाइड्रोपावर ०.११, लगानी ०.४२, जीवन बीमा ०.१८, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.१४, अन्य ०.२९ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा एसवाई प्यानल र श्रीनगर एग्रिटेक कम्पनी छन् । त्यस्तै रसुवागढी हाइड्रोपावरको ८.५३, बुङ्गल हाइड्रोपावरको ५.४१, ट्रेड टावरको ५.३०, सिक्लेस हाइड्रोपावरको ५.२९ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै सुपर मादी हाइड्रोपावरको ४.२५, कालिका लघुवित्तको ३.८५, मायाखोला हाइड्रोपावरको ३.७१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, राधि विद्युत्, मञ्जुश्री फाइनान्स, श्रीनगर एग्रिटेक र शिवम् सिमेन्ट कम्पनी अगाडि रहे ।

प्रतिकृया दिनुहोस्