×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

बुधबार सेयर बजार स्थिर

बुधबार सेयर बजार स्थिर

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार स्थिर देखिएको छ । मांगलबार ०.२२ अंकले घटेको बजार बुधबार पनि ०.३३ अंकले घटेको हो ।

मंगलबार र बुधबारको कारोबार हेर्दा नेप्से सूचकमा सामान्य परिवर्तन भएको छ भने कारोबार रकममा पनि त्यति सुधार हुन सकेको छैन ।

बुधबार कारोबार सुरु हुँदा २६००.५३ अंकमा रहेको नेप्से ०.३३ अंकले घटेर २६००.२० अंकमा झरेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि सामान्य घटेको छ ।

बुधबार नेप्से सूचक घटे पनि १ सय १२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसमा पनि मोदी हाइड्रोपावर कम्पनी र तेह्रथुम हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

बुधबार नेप्से घटे पनि कारोबार रकममा भने समान्य सुधार आएको छ । नेप्सेमा ३ सय ११ कम्पनीको ६१ हजार ८ सय कारोबारबाट १ करोड ३७ लाख ५९ हजार कित्ता सेयर ५ अर्ब ९४ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

यो कारोबार रकम मंगलबारको तुलनामा समान्य बढी हो । मंगलबार नेप्सेमा ५ अर्ब ७६ करोड बराबरको सेयर कारोबार भएको थियो । बुधबार नेप्सेमा सबैभन्दा धेरै रकम बराबरको सेयर कारोबार हुने कम्पनीमा बुटबल पावर कम्पनी छ । बुधबार उक्त कम्पनीको ५३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ १.२९, वित्त ११.४१, लगानी ०.४३, उत्पादन १४.४३, माइक्रोफाइनान्स ९.९३, अन्य समूह ४.८१ र व्यापार ४५.११ अंकले घटेका छन् ।

त्यसैगरी विकास बैंक १.३३, होटल ९६.१९, जलविद्युत् २३.७१, जीवन बीमा ८.०१, सामूहिक लगानी कोष ०.०१ र निर्जीवन बीमा समूह १२.४५ अंकले बढेका छन् ।

प्रतिकृया दिनुहोस्