×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

निर्माण व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा

निर्माण व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौँ । निर्माण व्यवसायीहरूले चरणबद्ध रूपमा आन्दोलनमा जाने घोषणा गरेका छन् । यही माघ ३ गतेदेखि चरणबद्ध रूपमा आन्दोलनमा जाने तयारी भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

लामो समयदेखि निर्माण व्यवसायीले सरकारसँग विभिन्न माग राख्दै आएको तर सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले बताए । 

महासचिव दाहालका अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकासे मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको छ । साथै १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको छ ।

यसपछि पनि माग पुरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने महासङ्घले  जनाएको छ । निर्माण सामग्रीको मूल्यवृद्धि, लामो समयदेखि भुक्तानी नभएको, राष्ट्र बैङ्कले दिइएको सुविधा कटौती लगायतका कारण निर्माण उद्योग सङ्कटमा परेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्