×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कोटेश्वरबाट पेस्तोल सहित एकजना पक्राउ

कोटेश्वरबाट पेस्तोल सहित एकजना पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ स्थित होटल विश्पुलबाट कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराइज खड्का पक्राउ परेका हुन् ।

उक्त बसेको कोठा नम्बर ४०१ बाट १ थान ९ एमएमको पेस्तल, पेस्तोलमा लाग्ने एक थान म्याग्जिन र ९ राउन्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ११ बजेको समयमा कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्