काठमाडौं । मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिएका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मोरङको पथरी शनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा सोही ठाउँ बस्ने ७७ वर्षीय कृष्णा माझी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, सर्लाहीको बलरा नगरपालिका–८ गडहिया बजारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उता, बर्दियाको राजापुर नगरपालिका–८ पुरैनास्थित खेतको कुलोमा सोही नगरपालिका–८ फत्तेपुर बस्ने ७१ वर्षीय भक्तराम जैसी काफ्ले शनिबार मृत अवस्थामा फेला परेका छन् ।
डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सबै घटनाबारे छुट्टाछुट्टै रूपमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।