×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

विश्व भूराजनीतिक चलखेलको असर नेपालमा अझै बढेको छ : प्रचण्ड

विश्व भूराजनीतिक चलखेलको असर नेपालमा अझै बढेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकम दाहाल प्रचण्डले विश्वको भूराजनीतिमा आएको परिवर्तनको असर नेपालमा अझै बढी परिरहेको दाबी गरेका छन् ।

पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन । बरु अझ बढी असहज नेपालमा परिरहेको छ । यस्तो परिस्थितिबाट हामी गुज्रिएका छौं,’ उनले भने ।

आफ्नो पार्टीले देशमा भएका विगतका परिवर्तनमा होमिएको भएकाले झनै बढी गम्भीर र संवेदनशील भएर लाग्नुपर्ने उनले बताए ।

‘हाम्रो पार्टी जसले विगतमा यो देशमा सबै जनताको सार्वभौमिकताका निम्ति, सबै उत्पीडित वर्ग समुदायको हक अधिकारको निम्ति त्याग, तपस्या र बलिदानको प्रक्रियाबाट युगान्तकारी उपलब्धी हासिल गर्न सम्भव भएको पृष्ठभूमिको पार्टी हौं हामी,’ प्रचण्डले थप भने, ‘त्यो नाताले अहिले विश्वमा देखिएको नयाँ भूराजनीतिक चलखेल–भूमरी र त्यसको असरबाट नेपालको राजनीतिमा पनि देखा परेको असाधारण परिस्थितिप्रति सबैभन्दा बढी गम्भीर, संवेदनशील र जिम्मेवार छौं भन्ने हामीले महसुस गरेका छौं ।’

प्रतिकृया दिनुहोस्