×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राप्रपाले संसद बैठकको १ दिनको भत्ता नलिने

राप्रपाले संसद बैठकको १ दिनको भत्ता नलिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ दिनको संसद बैठक भत्ता नलिने घोषणा गरेको छ ।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर असार १ गते बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी भए बापत्त प्राप्त हुने भत्ता अस्वीकृत गरेको जानकारी दिएका हुन् ।

राप्रपाले असार १ गते प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको थियो ।

प्रमुख सचेतक शाहीले लेखेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले मिति २०८२ असार १ गते बसेको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको सर्वविदितै छ । हाम्रो पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसदमा अबरोध भएको समयमा पनि जबर्जस्त बैठक संचालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले यो बैठक वापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने ब्याबस्था गरि सहयोग गरिदिन हुन अनुरोध छ ।’

उक्त दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले मिति २०८२ असार १ गतेको संसद बैठकको भत्ता नलिन निर्णय गरेको शाहीले जानकारी दिए । त्यस अनुसार उनले संसद सचिवालयलाई पत्र लेखेका हुन् । पत्रमा अगाडि भनिएको छ, ‘उक्त दिनको बैठक भत्ता उपलब्ध नगराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

प्रतिकृया दिनुहोस्