काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १२ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।