र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ । होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण तथा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र र पर्यटन उद्योगका लागि सकारात्मक नभएको चेम्बरले जनाएको हो ।

हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको पाइएको भन्दै सार्वजनिक टिप्पणी गरिएको थियो । त्यसप्रति प्रतिक्रिया जनाउँदै चेम्बरले पाँचतारे होटलको सञ्चालन प्रकृति र दैनिक खपतलाई नहेरी मौज्दातलाई मात्र आधार बनाएर निष्कर्ष निकाल्न नहुने बताएको छ ।

चेम्बरका अनुसार ¥याडिसन होटलमा दैनिक करिब ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुन्छ । यस्तो अवस्थामा होटलमा करिब २०० हाराहारी सिलिन्डर मौज्दात रहनुलाई अस्वाभाविक मान्न नमिल्ने चेम्बरको भनाइ छ । व्यावसायिक प्रयोजनका लागि आवश्यक मौज्दातलाई गैरकानुनी गतिविधिसँग जोडेर हेर्नु उपयुक्त नहुने उसले स्पष्ट पारेको छ ।

चेम्बरले कृत्रिम अभाव, अवैध कारोबार तथा कानूनविपरीतका गतिविधिको कुनै पनि अवस्थामा समर्थन नगर्ने स्पष्ट पारेको छ । तर वैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई हतोत्साहित गर्ने गरी अतिरञ्जित सूचना तथा प्रचार गरिँदा निजी क्षेत्रको मनोबल र लगानी वातावरणमा नकारात्मक असर पर्न सक्ने उसको भनाइ छ ।

अनुगमनका क्रममा देखिएका विषयलाई तथ्य र व्यावसायिक आवश्यकताको आधारमा मूल्यांकन गर्नुपर्ने चेम्बरले जनाएको छ । विशेषगरी होटल तथा पर्यटन क्षेत्रजस्ता ठूलो परिमाणमा इन्धन तथा ग्यास खपत गर्ने व्यवसायमा सामान्य घरायसी खपतको मापदण्डलाई आधार बनाएर मौज्दातको मूल्यांकन गर्न नहुने उसको तर्क छ ।

निजी क्षेत्रसँग समन्वय गर्न आग्रह

होटल तथा पर्यटन व्यवसायसहित अन्य उद्योगमा आपूर्ति, नियमन वा अन्य समस्या देखिएमा सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद र समन्वय गरी समाधान खोज्नुपर्ने चेम्बरले जनाएको छ ।

नियमन आवश्यक भए पनि त्यसका नाममा वैध व्यावसायिक गतिविधिलाई हतोत्साहित गर्ने अवस्था सिर्जना गर्न नहुने चेम्बरको धारणा छ । व्यावसायिक प्रतिष्ठामाथि असर पर्ने विषयमा सार्वजनिक अभिव्यक्ति दिनुअघि सम्बन्धित निकायले तथ्यको पूर्ण परीक्षण गर्नुपर्नेमा समेत उसले जोड दिएको छ ।

चेम्बरले तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति र सरोकारवालाबीचको संवादमार्फत मात्रै पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास कायम राख्न सकिने जनाएको छ । वैध लगानी र व्यवसाय सञ्चालनलाई सहजीकरण गर्ने वातावरण निर्माण गर्नु सरकार र नियामक निकायको समेत दायित्व भएको चेम्बरको भनाइ छ ।

 

 

प्रतिकृया दिनुहोस्