×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

सेयर बजारमा १० अङ्कको गिरावट

सेयर बजारमा १० अङ्कको गिरावट

काठमाडौँ । साताको कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २६१०.६३ विन्दुमा ओर्लिएको छ।

बजार घटे पनि कारोबार रकम भने आज ५ अर्बभन्दा माथि पुगेको छ । आज बजारमा ५ अर्ब १ करोड रुपैयाँ बराबरका १ करोड २ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् । बजारमा ३२३ कम्पनीका शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री भएका थिए । 

आज कारोबार भएका कुल कम्पनीमध्ये ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । 

आज बजारमा उत्पादनमूलक र होटल र ट्रेडिङ क्षेत्र बढ्दा अन्य सबै समूह घटेका छन् । अन्य समूहमा १.६९ प्रतिशत गिरावट र उत्पादनमूलक क्षेत्रको १.०४ प्रतिशत वृद्धि नै आज सर्वाधिक रह्यो । 

बजार ओरालो लागे पनि दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विन नेपाल लघुवित्त र श्रीनगर एग्रोटेकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै सान्भी इनर्जीको मूल्य ९.१६ प्रतिशत र सागर डिस्टिलरीको मूल्य ७.८३ प्रतिशतले वृद्धि भएको छ। न्यादी ग्रुप पावरको ४.३२ प्रतिशत नै आजको सर्वाधिक गिरावट हुने कम्पनी बनेको छ । 

कारोबार रकमका आधारमा एसवाई प्यानल शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३० करोड ६५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। श्रीनगर, बन्दीपुर केवलकार, एनआइसी एशिया बैंक र सागर डिस्टिलरी धेरै कारोबार हुने पाँच कम्पनीभित्र परेका छन् ।

प्रतिकृया दिनुहोस्