×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बिहीबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्र्थापनामा जुटिरहेको छ ।

‘सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्र्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाउनुभएको हो,’ सचिवालयले भनेको छ ।

प्रतिकृया दिनुहोस्