×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

निजामती विधेयकमा ४३ जना सांसदले दिए संशोधन प्रस्ताव

निजामती विधेयकमा ४३ जना सांसदले दिए संशोधन प्रस्ताव

काठमाडौं। संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन् । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा संशोधन प्रस्ताव परेको हो ।

प्रतिनिधिसभाबाट पारित हुँदा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी व्‍यवस्थामा गडबडी भएको खुलासा भएपछि राष्ट्रिय सभामा विराचाधीन छ ।

संघीय निजामती विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समिति प्रतिनिधि सभाबाट घोषणा भएको थियो ।

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार संयोजकसहित सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका  थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको व्यवस्था भन्दा फरक प्रावधान सहितको विधेयक संसदबाट पारित भएको थियो । सत्ता पक्ष र विपक्ष दुवै दल विधेयकमा चलखेल भएको निष्कर्षमा पुगेपछि छानविन समिति गठन गरिएको थियो ।

कुलिङ पिरियडमाथि गडबडी भएको पाइएपछि विभिन्न दलका सांसदहरूले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए ।

साथै हेरफेर छानबिन गर्न गठित संसदीय विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको थियो ।

प्रतिकृया दिनुहोस्