×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संसद्‍बाट बाहिरियो रास्वपा

संसद्‍बाट बाहिरियो रास्वपा

काठमाडौं । प्रतिनिधिसभामा सत्तापक्षका सांसदहरू बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् । प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका उनीहरू कांग्रेस–एमालेका सांसद बोल्ने पालो आएपछि बाहिरिएका हुन् ।

शनिबार पनि रास्वपाले यस्तै गरेको थियो । रास्वपाका प्रवक्ता मनिष झा सत्तापक्षमा रहेको दुई तिहाइको दम्भ नसुन्न बहिष्कार गरेको बताउँछन् ।

रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ । तर, संसद्‍मा उनीहरूको अवरोधलाई वेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही चलाउँदै आएका छन् ।
 

प्रतिकृया दिनुहोस्