काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २४ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला दुई हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।