×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

उच्च अंकले बढ्यो सेयर बजार

उच्च अंकले बढ्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ ।

परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३० करोडको भयो । २२६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढे । हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ३.५५ प्रतिशत बढ्यो ।

बैंकिङ १.०९, विकास बैंक २.४६, फाइनान्स १.१९, होटल तथा पर्यटन २.९९, लगानी ३.२३, जीवन बीमा २.२९, उत्पादन १.८९, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.०४, अन्य १.७६ र व्यापार ०.४६ प्रतिशत बढे ।

आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सुपरमादी हाइड्रोको ९.७, साहस ऊर्जाको ८.७१, मायाखोला हाइड्रोपावरको ८.५९, सप्तकोशी विकास बैंकको ८.२५, खानीखोला हाइड्रोको ८.१६, दोल्ती पावरको ७.८५ तथा स्वेतगंगा हाइड्रोको ७.६६ प्रतिशत मूल्य बढ्यो ।

उपकार लघुवित्त र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । तीबाहेक मूल्य घटेका अरुको गिरावट दर ३ प्रतिशतमुनि रह्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा, पिपुल्स हाइड्रोपावर, दोल्ती पावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्